तनहुँको बन्दीपुर गाउँपालिकाले ठेक्का सम्झौता गरेर समयमा नै काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । गाउँपालिकाले समयमा नै काम सम्पन्न नगर्ने अलपत्र पार्ने तथा गुणस्तयि काम नगर्ने कम्पनीहरुलाइ धरौटी जफत गर्ने, कालो सुचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यलयमा सिफारिस गर्ने जस्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनुभयो । उहाँले ‘एक पटक आग्रह गर्छौ आलटाल गरे नियामानुसार कारबाहीको पक्रियामा जान्छौ’ विभिन्न बहानामा काम रोक्न नहुने अध्यक्ष थापाले बताउनुभयो । बन्दीपुरमा कुसुम कन्स्ट्रक्सन, कस्याप निर्माण सेवा, धर्म एस कस्यप जेभी र खड्गदेबी कन्स्ट्रक्सनले निर्माण सम्बन्धी कामलाई अलपत्र पारेको गाउँपालिकाका इन्जिनियर सन्तोष थापाले बताउनुभयो । यी निर्माण कम्पनीहरुले क्रमश बन्दीपुर गाउँपालिका वडा नं १ स्थित कोल्र्ड स्टोर, डुम्रे बन्दिपुर सडक, मुकुन्देश्वरी पदमार्ग ,मिनिग्रेटवाल, बन्दीपुर बाहुनभन्ज्याङ धरमपानी सडक ठेक्का लिएर अलपत्र पारेका छन् ।उक्त कम्पनीहरुले म्याद समाप्त हुन लाग्दा पटक पटक म्याद थप गर्दा समेत करिव २५ प्रतिशत पनि काम नसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालको भनाइ छ । उहाँले भन्नुभयो पटक पटक सूचना, लिखित र मौखिक निर्देशन दिँदा पनि ठेकदारहरुले काम सुरु गरेका छैनन् । तोकिएको समय भित्र निर्माण सम्पन्न गर्न ठोस पहल नगरे कारवाही प्रक्रिया अगाडि बढाइने छ ।
