सवारी दुर्घटना कम गर्न तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी तनहुँले ट्राफिक सप्ताह गर्ने भएको छ । यहि बैशाख २५ गते देखि ट्राफिक सप्ताह गर्ने भएको हो । साताव्यापी चेतनामुलक कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सोमबार बिहान ९ बजे अनसन चौतारीमा उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका प्रमुख राजिव बिष्टले जानकारी दिनुभयो । सडक अनुसासन कायम गरी सवारी दुर्घटना न्युनिकरण गरौँ भन्ने नाराका साथ सचेतना कार्यक्रम गाँउ गाँउमा पु¥याउने ट्राफिक प्रमुख बिष्टले जानकारी दिनुभयो ।