तनहुँको बन्दिपुर गाउँपालिका ५,स्थित याम्पा आँधिखोलामा ट्रक घरमा ठोक्किदा ३ जना मुत्यु ५ जना घाइते भएका छन् ।मुत्य हुनेमा स्थानीय १२ वर्षय आयुस भुजेल, ५० बर्षय चेत बहादुर घर्ती ,६९ बर्षय सन बहादुर भुजेल रहको तनहुँ प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । घाइते ५ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको छ । डुम्रेबाट मुस्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर घरमा ठोकिएको बताइएको छ । उक्त घटनाको थप अनुसन्धान भईरहेको र दुर्घटनाको बिषयलाई लिएर पूर्ण रुपमा बन्द रहेको राजमार्ग सडक १ंः५० बाट पुर्ण रुपमा सुचारु भएको प्रहरीले जनाएको छ ।
