पृथ्वी राजमार्ग अन्तरगत धादिङको गणेशखोलाको पुलको मुखनेर सोमबार जमिन भासिएपछि यातायात अवरूद्ध भएको थियो। मंगलबार १६ घन्टा लगाएर पुरेको सडक बुधबार अपरान्ह १२ बजेतिर फेरि भासिएको हो । ‘अहिले बाटो पूर्ण रूपमा अवरूद्ध धादिङ प्रहरीका डिएसपी सन्तु जैसवालले जानकारी दिनुभयो । काठमाडौंबाट आउने सवारीलाई कुलेखानी, त्रिभुवन राजपथ र नुवाकोटको वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।