तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयले विद्यार्थी पढ्दै,कमाउँदै कार्यक्रम अघि सारेको छ । आबुँखैरेनी–४ स्थित चण्डेश्वरी आधारभुत विद्यालयका विद्यार्थीलाई विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले पढ्दै र कमाउँने परियोजना आइतबार अदुवा र हलेदो खेती सम्बन्धि सिकाइएको हो ।
विद्यार्थीहरुलाइ आत्मनिर्भर वनाउनु पर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी सीपयुक्त एवम् स्वालम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित पढ्दै कमाउदै कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
त्यस्तै गरि वडा न ४ का अध्यक्ष मिलन भुजेल,गाउँपालिका कृषि बिकास शाखाका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु,शिक्षक र विद्यार्थीहरुको उत्साह जनक उपस्थितिमा अदुवा र हलेदो खेती लगाउने कार्य सम्पन्न गरिएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । यस्ता प्रयोगात्मक कार्यले विद्यार्थीहरुमा थप उत्साह मिल्ने गाँउपलिकाले जनाएको छ ।
