व्यास नगरपालिका ३ स्थित गोर्खाकालीका माध्यमिक विद्मालयका विद्मार्थीहरु प्रयोगत्माक क्रियाकलापमा आर्कषित बन्दै गएका छन् । हरेक कक्षाकोठाको सजावट र प्रयोगत्माक क्रियाकलापबाट कक्षाकोठाको मुल्याङकन आधारमा विद्मार्थीहरुलाई पुरस्कार दिने गरेको विद्मालयकी प्रमुख बिना खैनीले जनाकारी दिनुभयो । यस्ता क्रियाकलापले विद्मार्थीहरुको हौसला बढ्ने र सिपको विकाश हुने खैनीले बताउनु भयो । अहिले उक्त विद्मालयमा ४ सय १० जना विद्मार्थीहरु अध्यनरत छन् ।