जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक बिदामा पनि कार्यालयले सेवा प्रवाह गर्ने भएको छ। सार्वजनिक बिदामा समेत कार्यालयले सर्वसाधारणलाई अत्यावस्यक सेवा प्रदान गर्न लागेको हो। एक वर्षमा रहेका १६ वटा पर्वहरुका सरकारी विदामा कार्यालय सञ्चालन गरी नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी सेवा प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।। सेवाग्राहीलाई राजपत्रमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था भए अनुसार तीनवटा कार्य सार्वजनिक बिदाका दिनमा समेत गरिने निर्णय भएको गैरेले बताउनु भयो ।