कम्युनिटि सपोर्ट ग्रुप तनहुको आयोजनामा ब्यास नगर उपप्रमुखको अध्यक्षतामा सुइ द्वारा लागुऔसध प्रयोगकर्ताहरुलाइ सघन क्षेती न्यूनीकरण कार्यक्रम र एच आइ भि संक्रमितहरुको लागि हेरचाह तथा सहयोग कार्यक्रम सम्पन्न भएको छ।
परियोजनाको मुख्य क्रियाकलापहरु सुइद्वारा लागुपदार्थ प्रयोगकर्ताहरुमा एच आइ भि को संक्रमण रोकथाम गर्ने, एच आइ भि संक्रमीत ब्याक्तिहरुको लागि हेरचाह गर्ने सफा सुइ साटासाट कार्यक्रम, व्यबहार परिवर्तनको लागि शिक्षा एच आइ भि परिक्षण आवासीय स्वास्थ्य सेवा, परामर्श र घर तथा समुदायमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने कुरामा सपोर्ट ग्रुपका कार्यक्रम अधिकृत जितेन्द्र खत्रीले बताउनुभयो।
आर्थिक बर्ष ०७९/८० तनहुँ जिल्लामा ब्यास भानु शुक्ला गण्डकी आबु बन्दिपुर म्याग्दे गापा नपा २३९८ जना सुइद्वारा लागुऔसध प्रयोगकर्ताहरुलाइ क्षेती न्यूनीकरण सेवा प्रदान गर्ने, ७०९ जना एच आइ भि संक्रमीत ब्याक्तिहरुलाइ स्वास्थ्य सेवा प्रदान कम्युनिस्टि सपोर्ट ग्रुपको बार्सिक गतिविधि अन्तरत लक्ष्य उदेश्य रहेको छ।
नगरस्तरिय परियोजना सल्लाहकार समिती बैठकमा ब्यास न.पा.स्वास्थ शाख प्रमुख प्रमोद सोति, लक्ष्मि गुरुङ सामाजिक बिकास कार्यालय प्रमुख बिक्रम सुबेदी,ब्यास १२ ३४ का वडा प्रतिनिधि स्वास्थ्य कार्यालय,जिल्ला प्रहरी कार्यालय लगात विभिन्न संघर्ष सस्थाका प्रतिनिधिहरु २१ जनाको उपस्थिती रहेको थियो। कार्यक्रम संचालन कम्युनिस्टि सपोर्ट ग्रुपका सदस्य ईश्वर बास्तोलाले गर्नुभएको थियो।