वैशाख १० गते हुनगईरहेको उपनिर्वाचनमा तनहुँ क्षेत्र १ मा २ हजार ५ सय भन्दा बढी सुक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा परिएको तनहुँ प्रहरी उपरिक्षक अवदेश विष्टले जनाकारी दिए । छिमेकी जिल्लाहरुबाट पनि सुरक्षकर्मी ल्याइएको विष्टले बताए । प्रत्येक निर्वाचन केन्द्रमा ५ जना कर्मचारी स्वयंसेवक र ४प्रकारका सुरक्षकर्मीहरु एकै साथ रहने भएकोले निर्वाचन निष्पक्ष र भयरहित हुनेमा आफुहरु आशावदी रहेको विष्टले बताए । जिल्ला भित्र रहेका १सय ५२ वटै मतदान केन्द्रहरको अनुगमन गर्ने काम भइसकेको बताइएको छ ।