जिल्ला प्रशासन कार्यालय तनहुँले अत्यावश्यक बाहेक तीन दिनसम्म सेवा प्रवाह बन्द गर्ने भएको छ । बुधबार एक सुचना जारी गर्दै बैशाख ८ देखि १० गतेसम्म प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द गर्न लागेको हो । यही बैशाख १० गते तनहुँ क्षेत्र नं १ मा हुनगईरहेको उपनिर्वाचनमा कार्यालयका कर्मचारी खटाइने र जनशक्ति अपर्याप्त हुने हुँदा सेवा बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । कार्यलयमा कार्यरत कर्मचारीहरु मतदान केन्द्र तथा निर्वाचनका समग्र प्रक्रियाहरुमा खटिनुपर्ने भएकोले दैनिक सेवा बन्द गर्न लागेको गैरेले बताए ।
