व्यास नगरपालिकाको आयोजनामा व्यास नपा १३स्थित कुकुरढुङ्गेमा बाँसको हस्तकला सम्बन्धि प्रविधिक सीप विकाश तालिम सुरू भएको छ । चैत २६ गते देखि सुरु भएको २०८० वैशाख १९ गते सम्म उक्त तालिम सन्चालन हुने छ । व्यास वडा नं १३ का वडा अध्यक्ष वसन्त आलेले लोप हुदै गएको बाँसको समाग्री बनाउने र बेरोजगार रहेका महिला तथा पुरुषलाई स्वरोजगार बनाउने उश्यले तालिम सन्चालन गरेको बताएका छन् । तालिम स्थानीयकै सहायतामा बाँसबाट बन्ने डोको, नाग्ला, छत्री सोलि जस्ता समाग्री बनाउने गरिनेछ । यस्ता उत्पादन गरिएका समाग्रीहरु बजारीकरण सम्म पुरायाउने लक्ष्य समेत रहेको आले बताउछन् । यस अघि वडाले निःशुल्लका बीउ बिजन समेत प्रदान गरेको थियो ।