तनहूँ शुक्लागण्डकी नगरपालिका वडा नं १२ पिउरी दोभान स्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुदा चालकको मृत्यु ७ जना यात्रु घाईते भएका छन् ।दुलेगौडाबाट पिउरी दोभान तर्फ जादै गरेको ग १ ज ७९४२ नं को जीप आफै अनियन्त्रित भई सडकबाट अं १०८ फिट तल पल्टिई जिप चालक जिल्ला स्याङजा पुतलिबजार नगरपालिका वडा नं ६ बस्ने ३९ वर्षय कुल बहादुर सुनारको घटनास्थलमा मृत्यु प्रहरी जनाएको छ । घाईते ७ जना मध्य १ जना जि पि कोईराला श्वासप्रश्वास केन्द्र बेलचौतारा तनहुँमा उपचार भईरहेको छ भने ६ जना प्राथमिक उपचार पश्चात थप उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा पठाईएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको खाँणले बताए ।
