तमु ह्युल गुरुङ राष्ट्रिय परिषद व्यास नगर इकाई समितिको शनिवार दमौलीमा भएको चौथो अधिवेशनबाट अध्यक्षमा देउराज गुरुङ चयन भएका छन्। उपाध्यक्षमा श्रवण कुमार तमु, सचिवमा गोपाल तमु , सहसचिवमा मिना तमुस्यो र कोषाध्यक्षमा बिन्दु तमुस्यो चयन भएका छन् । सदस्यहरु सम्झना तमुरुयो ,पदम तमु , गुना तमुस्यो , मेनिका तमुस्यो भएका छन् । उक्त कार्यक्रममा व्यास ४ का वडाध्यक्ष मन बहादुर गुरुङ, तमु ह्युल केन्द्रिय सदस्य रक बहादुर तमु , तमुस्योह्युल छोज धि केन्द्रीय सदस्य सबिना तमुस्यो, जिल्ला अध्यक्ष सुदेब बहादुर तमु , नेपाल तमु गुरुङ विद्यार्थी छोज धी जिल्ला अध्यक्ष मिलन तमु, तमु पेल्हु संघ जिल्ला अध्यक्ष हस्त वीर तमु ,नगर इकाई पुर्ब अध्यक्ष गगा देबि तमुस्यो, तमुस्योह्युल तनहुँका अध्यक्ष सुक माया तमुस्यो लगायत उपस्थिति रहेको थियो ।
