तनहुँको भानु नगरपालिकामा जग्गा चक्लाबन्दी कार्यक्रम शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोग र भानु नगरपालिकाको सहकार्यमा भानु ४ को चुँदी कुमालगाउँमा चक्लाबन्दीको कार्यक्रम शुरु भएको हो । सो क्षेत्रमा १ सय ७१ रोपनी क्षेत्रफलमा चक्लाबन्दी गर्न लागिएको वडा अध्यक्ष अर्जुनबहादुर बोहोराले जानकारी दिए । जग्गा चक्लाबन्दी गरि कृषिमा आधुनिकीकरण गरौं , खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनौं भन्ने नारा सहित खमलटारी बडहरे कृषक समूहले जग्गा चक्लाबन्दीको कार्यक्रमलाई अगाडि बढाएको समूहका अध्यक्ष बिनोद ओझाले बताए ।