जिल्ला प्रहरी कार्यालय तनहुँले हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको छ । उक्त हिरासत कक्षमा राखिएका थुनुवाहरुमा मानसिक समस्य नहोस भन्ने उदेश्यले पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसका साथै जिल्ला प्रहरी कार्यालय तनहुँले पुस्तकालयमा राख्ने पुस्तक तथा लेख रचना उपलब्ध गराई दिन इच्छुक व्यक्तिहरुलाई आग्रह समेत गरेको छ ।