नेपाल पत्रकार महासंघ तनहुँ शाखाले ६८अाै स्थापना दिवसकाे अवसरमा सात जनालाई पुरस्कार प्रदान गरेकाे छ ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ्गले महासंघका पूर्व अध्यक्ष मुक्तिनाथ खनालद्वारा स्थापित पुरस्कार नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिएकाे हाे। इन्जिनियर हरिभक्त भट्टराई स्मृति पुरस्कार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारी, भोर्लेली केवल बहादुर स्मृति पुरस्कार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई र रण बहादुर चिजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएकाे छ। अधिकारी र भट्टराईलाई नगद रु.१०÷१० हजार र आचार्यलाई नगद रु.पाँच हजार पुरस्कार प्रदान गरिएकाे छ । त्यस्तै टिकानिधी ढुङ्गाना व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा, पत्रकार एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित पुरस्कार साने बहादुर नेपाली र स्वर्गीय पुरुषोत्तम काफ्ले स्मृति युवा पत्रकारिता पुरस्कार पवन पौडेललाई प्रदान गरिएकाे छ । शर्मा, नेपाली र पौडेललाई रु.१० हजारका दरले पुरस्कृत गरिएकाे छ ।