तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालय सुधार अभियान सुरु गरेको छ । गाँउपालिकाले बाल बिकास देखि कक्षा ५ सम्मका छात्रछात्रालाई निशुल्क एक हजार दुई थान निशुल्क ट्रयाकशुट, झोला, जुत्ता मोजा तथा टिसर्ट लगायका सामाग्रीहरु बितरण कार्य थालेको छ । अधिकाँश विद्यार्थीलाई वितरण गरेपनि केही विद्यालयमा सामाग्री पठाइ सकिएकोले छिट्टै बितरण गरिने अध्यक्ष शुक्र चुमानले जानकारी दिए । त्यसैगरी विद्यालय भवनमा गर्नुपर्ने सम्पुर्ण मर्मत,छाना, फ्लोरिङ, रङ रोगन, डेस्क बेन्च फेर्ने लगायतका कार्य यसै चैत मसान्तसम्म सम्पन्न गर्ने गरी कार्य थालिएको छ । सामुदायिक विद्यालयको निरन्तर अनुगमन गरी गुणस्तर शिक्षामा योगदान गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने गरी बिषयगत पर्याप्त दरबन्दी पठाउन गाउपालिकाबाट नै आफ्नै श्रोतमा शिक्षक परिचालनका लागि आबुखैरेनी क्याम्पसका युबा परिचालन गर्ने तयारी थालिएको छ । त्यसैगरी प्रोत्साहन कार्यक्रम अन्तरगत सरकारी विद्यालयमा पढाउने परिवारलाई राजश्वमा छुटदेखि निशुल्क स्वास्थ्य बीमाको अभियान अघि सारेको छ । यसअघि कार्यालयले यसअघि लाग्ने सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिदै आएपनि आउँदा दिनमा पुरै छुट दिने योजना बनाएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको हो । स्वास्थ्य बीमा गर्दा प्रति परिवार रु तीन हजार पाँच सय लाग्ने शुल्क गाउँपालिकाले नै गरिदिने भएको छ ।