पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगर देखि घाँसीकुवा सडक खण्डलाई थप चैत ३० सम्म बन्द निरन्तर हुने भएको छ । यस राजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन रातको समयमा बन्द गर्ने निर्णय गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्धारा जारी विज्ञप्तीमा जिल्ला सुरक्षा समितिको बैठकले बन्द गर्ने निर्णय गरिएको जनाईएको छ । यस अघि उक्त सडकखण्ड फागुन २८ देखि चैत्र १२ गते राति १२ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको थियो । कामलाई तिब्रता दिन सोही समयमा थप बन्द गरिएकोे जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।