परियार सेवा समाज तनहुँ जिल्लाको आयोजनामा ब्यास नगर स्तरीय परियार जातिको तथ्यांक संकलन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथी ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले कार्यक्रमको उद्द्घाटन गरेर शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले परियार समुदायको बास्तबिक अबस्थाको सहि तथ्यांक संकलन गरि उनिहरुलाई सक्षम बनाउन नगरपालिकाको तर्फ बाट सकारात्मक कदम चाल्ने बताए ।
यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथी परियार सेवा समाजका केन्द्रिय सचिब एबम गण्डकी प्रदेश संयोजक लाल बहादुर परियारले समाजको केन्द्रिय गतिबिधी बारे प्रस्ट्याउँदै बिभाजन हुन लागेका सबै परियार बन्धुहरुलाई एक ढिक्का बनाउन आफू लागि परेको जोड दिए ।
केन्द्रिय स्तरमा भएको सामान्य विवादको छिट्टै समाधान गरि महाधिवेशन गर्ने पनि परियारले बताए । देशको उच्च तहमा परियार जातिको सहभागिता बढाउने उदेश्यले तथ्यांक संकलन अभियान सुरु गरिएको समाजका अध्यक्ष गणेश गोतामेले बताए । गैरदलित मात्र नभई दलितभित्र पनि विभेदको शिकारमा परेको परियार समुदायको क्षमताको बिकास गर्ने अभियान पनि भएको बताए ।
अहिले ब्यास नगरपालिका बाट सुरु गरिएको छ तनहुँ जिल्लाको १० वटै पालिकामा गर्ने तयारी रहेको गोतामेले बताए । परियार समुदायको शैक्षिक अबस्था, राजनितीक पहुँच, आर्थिक सम्पन्न र बिपन्नताको अबस्था, सीप र क्षमताको बास्तबिक अबस्थाको सहि तथ्यांक संकलन गरि समाज लाई सक्षम बनाउन कदम चाल्ने अध्यक्ष गोतामेले बताए ।
परियार सेवा समाज तनहुँका अध्यक्ष गणेश गोतामेको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु ब्यास नगरपालिकाको कार्यपालिका सदस्य चन्द्र मायाँ परियार र समाजका निबर्तमान अध्यक्ष राम बहादुर गुइदेल,संस्थापक अध्यक्ष भेगराम परियार, बन्दिपुर गाउँपालिका कार्यपालिका सदस्य मिनाराम परियार, घिरिङ गाउँपालिका प्रेस सल्लाहकार अन्जान परियार, सिप बिकास तनहुँका संयोजक रमेश सेवा लगायत ब्यास नगरपालिका भित्रका परियारहरुको उपस्थिति रहेको थियो।