तनहुँमा मावि र निमाविमा बढुवा भएका १२ जना शिक्षकलाई बुधबार नियुक्ति पत्र वितरण गरिएको छ । माविमा बढुवा भएका ७ र निमाविमा बढुवा भएका ५ जना शिक्षकलाई नियुक्ति पत्र उपलब्ध गरइएको हो ।
एक तह बढुवाका लागि बिसौँ बर्ष कुर्नुपर्ने शिक्षा पद्धतिको अन्तय हुनुपर्ने शिक्षा बिकास तथा समन्वय ईकाइका प्रमुख बसन्त राज पौडेलले बताए ।
अब आउने ऐन नियम त्यस्ता कमि कमजोरीहरु हटाइनु पर्नेमा उनको जोड थियो । शिक्षा क्षेत्रमा लाग्ने व्यक्तिहरु खुशीहुन सके मात्रै शिक्षकको बिकास हुने भनाई उनको थियो । नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल (आरसी), शाखा अधिकृत विश्वप्रकाश रेग्मी लगाएतकाले ति शिक्षकहरुलाई नियुक्ति पत्र वितरण गरेका हुन ।
आफु कार्यरत रहेका तहबाट १ तह माथिल्लो तहममा पदउन्नोती भएका ती शिक्षकहरुलाई बढुवाके प्रमाणपत्र उपलब्ध गराइएको हो । सो कार्यक्रममा बोल्दै इकाइका प्रमुख पौडेलले बढुवाले शिक्षकहरुलाई शिक्षा क्ष्ोत्रमा अगाडी बढ्न थप हौसला प्रदान गर्ने बताए ।