तनहुँबाट यस बर्षको एसइइ परीक्षामा ५ हजार ७ सय ६६ जना परीक्षर्थीहरु सहभागि हुने भएका छन् । जिल्ला भित्रका परीक्षर्थीहरुले एसइइको परीक्षा दिने परीक्षा केन्द्रका फोकल पर्सन विश्वप्रकाश रेग्मीले बताएका छन् । उनका अनुसार २६ वटा केन्द्रमार्फत साधारण नियमित तर्फ ५ हजार ५ सय ३६, प्राविधिक तर्फ १ सय ५३, ग्रेड बृद्धितर्फ ७७ जना गरी ५ हजार ७ सय ६६ जना परीक्षार्थीहरु परीक्षामा सामेल हुने छन् । तनहुँको निर्मल,जलदेवी, सत्यवती, बालमन्दिर, महर्षि वेदव्यास चण्डदेवी क्यामिन मिन माध्यमिक विद्यालय एसइइ परीक्षाको केन्द्र रहेको उनले बताए । त्यस्तै सरस्वती खैरेनी जनकल्याण्ड , पन्चमुनीदेव , हंशबाहिनी गाँउ फर्कोदय, जनज्योती मावि परीक्षा केन्द्र रहेको जानकारी शिक्षा बिकास तथा समन्वय इकाइ तनहुँका प्रमुख बसन्तराज पौडेलले दिए । त्यसरी नै धर्म, चन्द्रज्योती शिवसरस्वती, विष्णु पवित्र, भानु, होरालो,चोक,चन्दावती मित्रता, महेश सस्कृत गुरुकुल माध्यमिक विद्यालयपरीक्ष केन्द्र तोकिएको पौडेलले बताए । गत बर्ष तनहुँमा ६ हजार १ सय ७८ जना मध्य साधारण तर्फ ६ हजार ८, प्राविधिक तर्फ १ सय ३०, ग्रेड बृद्धितर्फ ४० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । १० वटै पालिकाका शिक्षका शाखा प्रमुखलार्ई एसइइ परीक्षाको अनुगमनका लागि आग्रह गरिएको र प्रत्येक पालिकामा कम्तिमा १ वटा परीक्षा केन्द्र कायम गरिएको छ