तनहुँको व्यास नगरपालिका २ स्थित गणेशमान चोकमा नाला निर्माण र कालोपत्रको काम तिव्र रुपमा भईरहेको छ । १ हजार ३ सय ३२ स्क्वार मिटरको सटक कालोपत्रे भएको हो । उक्त वडामा भएका बिजुलीका तारहरु व्यस्थित गर्ने, केबलका तारहरु हटाउने र पुराना पोलहरु सार्ने काम पनि तिव्र रुपमा भईरहेको वडा सदस्य सुरेश वाग्ले बताउनु भएको छ । सटक कालोपत्रेको लागि ४०लाख रुपयाँ खर्च हुने र पक्की नाला, खानेपानीका लागि ३० लाख खचै हुने वडा अध्याक्ष काशीराम श्रेष्ठले बताउन् भयो । उक्त सटक कालोपत्रे उधोग वाणिज्य संघको भवन देखि अमरापुरीको ओरालो बाटो सम्म गरिने अध्याक्ष श्रेष्ठले बताउन् भयो । आगामी आर्थिक बर्ष देखि दमौली टे्रड सेन्टरमा रहेका सटरहरु भत्काइ बाल उधानका रुपमा परिणत गराउने दावी समेत रहेको उहाँले बताउनु भएको छ ।