व्यास नगरपालिका २ स्थित सहकारी कर्मचारी क्लबको दोश्रो अधिवेशन तथा वनभोज कार्यक्रम बाबुराम मिश्रको अध्यक्षता सम्पन्न भएकाे छ । कार्यक्रमा प्रमुख अतिथि व्यास नगरपालिका नगर प्रमुख बैकुण्ठ न्यौपानेले सहकारी कर्मचारी क्लब र सहकारी बैकले तनहुँको सहकारी अभियानलाई व्यवस्थित बनाउने र पछिल्लो समयमा सहकारी चुनौतिहरु सामना गर्न सहकारी सञ्चालक, कर्मचारी र नियमनकारी निकाएको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ तनहँुका अध्यक्ष प्रदिप राज अधिकारी, केन्दिय दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष अम्बर कुबर लगायत व्यतिकाे उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य सह आयोजक एंव राष्ट्रिय सहकारी बैंक लि. दमौली शाखाका शाखा प्रमुख उपेन्द्र दाहालले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन क्लबका सचिव शान्तराम न्यौपानेले सञ्चालन गर्नु भएको थियो

उक्त अधिवेशनमा अध्यक्ष बाबुराम मिश्र,उपाध्यक्ष निरु दुरा,
सचिव अर्जुन रानाभाट ,कोषाध्यक्ष अर्जुन खड्का,सदस्यहरू नारायण तिमल्सेना,यम बतास,साजन थापा,राम बाबू गैह्र ,लक्ष्मी श्रेष्ठ ,सल्लाहकार सदस्य उपेन्द्र दाहाल ,शान्तराम न्यौपाने,शंकर पोखरेल,कृष्ण प्रसाद पौडेल,मुर्ति मंगल रिमाल,सागर खनाल,मञ्जु काफ्ले निर्वाचित हुनु भएकाे छ ।