आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हडखलेकोे कार्यकक्षमा लगाईएको ताला मंगलबार खोलिएको छ । चैत्र ५ गते हुनगईरहेको स्वावियूको निर्वाचनमा नेविसंघ तथा अनेरास्वबियू ९क्रान्तिकारी ०को प्यानलबाट सभापति पदका उम्मेदवार गौरब पन्थको फर्जी बर्गीकरण उम्मेदवारी दिएको भेटिएपछि पन्थको उमेदवारी खारेजिको माग गर्दै अनेरास्ववियू ९क्रान्तिकारी०का बिप्लप निकट र अनेरास्ववियूका विद्यार्थी संगठनले आईताबार ताला लगाएका थिए।उक्त ताला खोल्न क्याम्पस संचालक समितिका पदाधिकारी , विद्मार्थी संगठन र राजनितिक दलहरुको रोहवरमा ताला खोलिएको क्याम्पसका प्रमुख महाप्रशाद हड्खलेले जनाकारी दिनुभयो । सात दलिए समिति बनाई बिद्यार्थि संगठनले गरेको माग छानबिन गर्ने निर्णयमा ताला खोलिएको हड्खलेले बताउनुभयो ।