तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटारमा लागु औषध सहित तिन जना पक्राउ परेको छ । भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ना ५ ख १८२ नं को बस चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेका हो । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थ नगरपालिका वडा नं। ६ पिपरैया बस्ने ४० बर्षय महेस चमारले लिएको झोला भित्रबाट लागु औषध डाईजेपाम १०० एम्पुल, फेनरागन १०० एम्पुल, नुर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध फेला परेको छ । सोही बसमा सवार जिल्ला तनहुँ रिसिङ गाउँपालिका वडा नं १ सपाङदी बस्ने २१बर्षय आकाश गाहा मगरको साथबाट लागु औषध डाईजेपाम १५ एम्पुल, फेनारागन १५ एम्पुल र नुर्फिन १५ एम्पपुल जम्मा ४५ थान लागु औषध फेला पारेको हो । साथै लागु औषध कारोबारमा संलग्न रहेका महेश चमार, आकाश गाहा मगर सहित जिल्ला तनहुँ देबघाट गाउँपालिका वडा नं २ बैदी बस्ने २१ बर्षय सुरज थापा गरी ३ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिएका छन् । तिनै जनालाई तनहूँ जिल्ला अदालतले १०(दश) को म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय
तनहुँले जनाएको छ ।