बन्दिपुर गाउँपालिकाको अयोजना तथा जाइका अइमिन परियोजनाको प्राविधिक सहयोगमा गणित विषय (अधारभुत तह १-३) को प्रतियोगितात्मक बृहत शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रम बन्दिपुर गाउँपालिकाका ३१ विद्यालयहरूलाइ २ चरणमा विभाजन गरी सम्पन्न भएको कार्यक्रममा दिल अधारभुत विद्यालय प्रथम भएको छ भने भानु मा.वि दितिय र भैरव अधारभुत विद्यालयले तृतिय स्थान हासिल गरेका छन् ।
अधारभुत तहमा गणित विषयको सिकाइमा अभिभावक र शिक्षकको भुमिकालाइ प्रगाढ बनाउन शिक्षक अभिभावक निर्मित शैक्षिक सामाग्री प्रदर्शनी गरिएको हो । अभिभावकले आफ्नो दैनिक जीवनमा प्रयोग हुने विभिन्न बस्तु र सामाग्रीलार्इ गणित विषयको सिकाइसँग जोड्न सकिनुका साथै बालबालिकालाइ घरमा उपलब्ध सामाग्रीबाट पनि उसका दैनिक जीवनलाइ जोड्दै सिकाइ गर्न सकिने उदाहरणको प्रदर्शनी गरेका थिए ।