नेपाल शिक्षक संघ तनहुँको नवौ अधिवेशनबाट अध्यक्षमा रमेशबाबु भट्टराई निर्वाचित हुनुभएको छ । भट्टराईले ६ सय ६४ मत प्राप्त गरी ४३ मतको अन्तरले बिजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी भरत काफ्लले ६ सय २१ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा अशोकचन्द्र वाग्ले ९ सय ७ बिजयी मत ल्याएर विजयी हुनुभएको छ । महिला उपाध्यक्षमा लक्ष्मी मल्लले ९ सय २५ मत ल्याएर बिजयी हुनुभएको छ । उनका प्रतिस्पर्धी शान्ता बास्तोलाले ७ सय ३५ मत ल्याउनुभएको हो ।
सचिवमा राजु ढकाल ८ सय ७६ मत बिजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी कृष्ण तिवारीले ७ सय ३ मत पाएको निर्वाचन समितिका सदस्य अधिवक्ता यज्ञ रानाले जानकारी दिनुभएको हो । त्यसैगरी खुल्ला सचिवमा नरेन्द्र न्यौपाने निर्विरोध चयन हुनुभएको छ भने सहसचिव खुल्लामा बिजराज खनालले ६ सय ६२ मत ल्याएर बिजयी हुनुभएको छ । सहसचिव समावेशीमा नन्दु थापाले १ हजार १ सय ४ मत ल्याएर बिजयी हुनुभएको हो भने सहसचिव महिलातर्फ शारदा अधिकारी निर्विरोध हुनुभएको छ । तुलबहादुर गुरुङले ७०१ मत समावेशी सहसचिवमा बिजयी हुनुभएको हो । त्यसैगरी अर्थमा ऋषिमाया राना,संघीय प्रतिनिधी महिलामा सुलोचना पण्डित बिजयी हुनुभएको छ ।