संयुक्त कृषक संघर्ष समितिले आइतबार दमौलीमा बृहत र्याली निकालेको छ । कृषकको समस्या समाधानका लागि राज्यले बेवास्ता गरेको भन्दै याली निकालेको हो । उत्पादनमा आधारित अनुदान व्यवस्था लागु गर , सरकार मार्फत सिधै कृषि कर्जा तथा बीमा सुविधा प्रदान गर , कृषि उत्पादन सरकारद्वारा सोझे खरिदको ग्यारेन्टी गर , कृषकलाई फँसाउने धोकेबाज बैंक क्षतिपूर्ती दे , किसानलाई कालो सूचीमा पुर्याउने अमानवीय बैंकिङ आतक बन्द गर , बैंकलाई पनि कालोसूचीमा राख , कृषकलाई सुकुम्वासी बनाउन पाइदैन, कृषकलाई कालोसूचीमा राख्न पाइदैन , पर्दा पछाडिका बैंकिङ लिलामी गिरोहको सम्पत्तीको आयश्रोत छानबीन गर , विदेशी विषादीयुक्त तरकारी, फलफुल तथा पशुपंक्षी आयात बन्द गर , आश्वासनमा फँसाएर लादिएको कृष कर्जा मिनाहा गर ,परियोजना धितोमा ०५ व्याजदरमा कृषि कर्जा प्रदान गर, कृषि कर्जा अनुदान अपचलन गर्नेलाई तुरुन्त कारवाही गर , दावी भुक्तानी नदिने बीमा कम्पनी खारेज गर , लघुवित्त कम्पनीलाई नियन्त्रण गर किसान पेन्सन योजना कार्यान्वयन गर , राष्ट्रव्यापी किसान विद्रोहलाई सम्बोधन गर जस्ता कृषक संघर्ष समितिको नारा रहेको छ । आइतबार समितिले १८ बुद्धे माग सहित जिल्ला प्रशासन कार्यालय तनहुँ मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । समितिले स्थानीय सरकार व्यास नगरपालिका,गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय र संघीय सरकार प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।