नेकपा एमालेको मिसन ग्रासरुट अभियानसुरु भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै एमाले तनहुँ प्रचार विभागले मिसन सुरुभएको जानकारी दिएका हुन् ।
नेकपा एमाले तनहुँले मिसन ग्रासरुट अभियानमा संगठन शुद्दिढकरण र पार्टी निर्माणलाई प्राथमिकता दिने भएको छ । पार्टीका उपसचिव एवं प्रचार विभाग प्रमुख प्रदिपराज अधिकारीले पार्टी विस्तार र शुद्दिकरणलाई मुख्य प्राथमिकता राखी अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
बैशाख १० गते सम्म हुने अभियानका क्रममा पार्टी सदस्यता नवीकरण , पार्टी निर्माण वैचारिक प्रशिक्षण, युवालाई पाटि प्रबेश गराउने लगाएत काम हुने अधिकारीले बताउनुभयो । जनताको घर दैलोमा गई जनतासंगै बसि जनताको गुनासो सुन्ने र समस्या समधान को कोसिस गर्ने जस्ता काम शुरु गर्न लागेको अधिकारी ले बताउनुभयो ।
पार्टी उपाध्यक्ष हरिराज कडेंलले पार्टीमा युवाहरुलाई आर्कषिण गरी युगको परिवर्तन संगै युवालाई पार्टीमा समावेश गराउदै राजनिति र देशलाई अगाडी बढाउन लागेको बताउनुभायो । कार्यक्रममा प्रचार विभाग सचिव प्रकाशचन्द्र भट्टराई , पार्टी सचिव राजेश्वर ढकाल, प्रेमप्रसा पौडेल लगाएतले अभियानका बारेमा जानकारी गराएका थिए ।