स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार व्यक्ति एक प्रतिभा अनेक डा. इन्दुल केसी योगी नगरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदद्वारा अभिनन्दित हुनुभएको छ । काठमाण्डौ बानेश्वरस्थित रत्न पुस्तकालयको सभाकक्षमा आयोजित एक भव्य समारोहमा अभिनन्दन गरिएको हो । सो समारोहको सभापतित्व योगी नरहरिनाथ ट्रस्ट अत्यात्मिक परिषद् नेपालका अध्यक्ष शंकर पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि बरिष्ठ साहित्यकार एवं राष्टबादी विचारक प्राडा शाश्त्रदत पन्त हुनुहुन्थ्यो । व्यक्ति एक प्रतिभा अनेक डा. इन्दुल केसी सुप्रसिद्ध विद्धान, साहित्यकार, लेखक, कवि तथा समाजसेवी, संस्कृतिविद, पुर्व प्रशासक, कानुनविद्, पत्रकार, भजन लेखक एवं गायक एवं संगीतकार हुनुहुन्छ । उक्त समारोहमा शशीविक्रम राणा, डा नयनाथ पौडेल, कानुनविद् ध्रुवलाल श्रेष्ठ, इतिहासविद् विमलराज खरेल तथा समाजसेवी श्रीमति गुहेश्वर ध्वजूलाई पनि सम्मान गरिएको थियो ।