महिला उधमी संघ तनहुँद्वारा आयोजित आधुनिक प्रविधि र आर्थिक सम्वृद्विमा महिलााको सहभागीता तीन दिने प्रशिक्षण कार्यक्रम सुरू भएको छ । मंगलबारबाट शुरू भएको उत्त कायक्रमको उद्वघाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गर्नु भएको थियो । बैकुण्ठ न्यौपानेले अहिलेको समयमा आधुनिक प्रविधि आवश्यक रहेको बताउनु भएको थियो ।कायक्रममा प्रशिक्षक लायन्स क्लबका पूर्व अध्यक्ष प्रताव गुरूङ र मादिसेती वचत तथा ऋण सहकारी संस्था अध्यक्ष शुसीला शर्माले गनुहुनेछ ।
कार्यक्रममा महिला उधामी संघ तनहुँकी अध्यक्ष निर्मला मल्लले महिला दिदि बहिनीहरूलाई यस्ता तलिमले स्वरोजगार बनाउन सहयोग गर्ने र सिकाईको लागि उमेरले नछेक्ने बताउनुभएको छ । महिलाहरूको हक हितका लागि काम गर्दै आएको र यस्ता कायक्रमले महिलाहरूको महिला उद्यमी विकाश समिति सभापति सकुन्तला आलेले बताउनुभयो । समाजिक ,राजनितिक, व्यवसायमा मात्र नरहेर यस्ता कायक्रममा सहभागिता हुनुपर्नेमा जोड आलेको रहेको थियो ।
पत्रकार महासंघका अध्यक्ष उज्वल पौडेले प्रविधिले छिटो छरिदो काम गर्न सकिने र यस्ता तालिम हरेक वडामा गर्नुपर्ने जोड दिनुभएको थियो ।उत्त कायक्रममा महिला उघमी संघ बन्दिपुर ईकाइ र डुम्रे बजार ईकाइको समिति गठन समेत भएको छ ।