हाम्रो साझा छहरी, जनसेवा सहकारी नयाँ व्यवस्थापन पुरानो चिनारी, जनसेवा सहकारी भन्ने मुल लक्ष्य वोकेको श्री जनसेवा सहकारी संस्था लिमिटेडको आयोजनामा चौथो म्याग्दे स्तरिय कृषि प्रर्दशनी मेला २०७९ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्गा वहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । म्याग्दे गाँउपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको उक्त चौथो म्याग्दे स्तरिय कृषि प्रर्दशनी मेला सम्पन्न भएको हो । म्याग्दे पालिका भरको कृषकलाई प्रोत्साहन गर्ने उद्येश्य अनुरुप कृषि मेला
प्रर्दशनी गरिएको संस्थाका अध्यक्ष दुर्गा वहादुर अधिकारीले वताउनुभयो । समृद्ध पालिका वनाउन उत्पादन र त्यसमा पनि कृषिमा विशेष जोड दिनुपर्ने भएको हुदाँ सहकारी मार्फत कृषि प्रर्दशनी गरिएको वताए ।
कृषि प्रर्दशनीमा १२६ भन्दा वढि कृषकले उत्पादित कृषि समाग्रीको प्रर्दशनी गरिएको थियो । म्याग्दे पालिका भित्रका कृषकद्धारा उत्पादित वस्तुहरु काउली, वन्दा, मुला, केराउ, साँग, लोकल कुखुरा, वाख्रा, सिवि, फर्सी, लसुन, प्याज, अदुवा, लौका, कुभिण्डो, पिडालु, धनिया, तरुल, आलु, च्याउ लगायतको स्थानिय स्तरमा उत्पादित समाग्री राखिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दे प्रमुख अतिथी श्रेष्ठले कृषिको प्रर्दशनी गरेर जनसेवा सहकारीले उत्कृष्ठ काम गरेको वताउनुभयो । स्थानिय स्तरमा उत्पादिन वस्तुको प्रर्दशनी र विक्री गरेर सहकारीले कृषकलाई उत्पादन सँग जोड्न प्रेरित गरेको छ । जुन अति नै सह्रानिय छ, अध्यक्ष श्रेष्ठले वताए । समृद्ध पालिका वनाउनका लागी सम्पुर्ण म्याग्देवासी नै उत्पादन र कृषिमा जोडिनुपर्ने हुदाँ पालिका कृषकलाई प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु ल्याएको समेत वताए । व्यवसायिक कृषकलाई अनुदानको व्यवस्था, हलगोरु पाल्नेलाई अनुदान, दृधमा प्रतिलिटर दश रुपैया अनुदान, मल वीउ वीजनमा कृषकलाई अनुदान, जस्ता कार्यक्रम पालिकाले ल्याएको हुदाँ पालिकालाई सहयोग गरेर आत्मनिर्भर र उत्पादनमा जोड्नपर्ने वताए । त्यसैगरि कार्यक्रममा विशिष्ट अतिथी गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले उत्पादन विना समृद्ध पालिका वनाउन नसकिने हुदाँ सवै जना उत्पादनमा जोडिनुपर्ने वताए । पालिका कृषकलाई प्रोत्साहन गर्नका लागि सदैव क्रियाशिल रहेको हुदाँ आत्मनिर्भर वन्नका लागी व्यवसायिक कृषक वन्नुपर्नेमा जोड दिनुभयो ।
दैनिक उपयोगको वस्तुमा आयातमा निर्भर रहनुपर्ने अवस्थाले जनताको दैनिकी झन झन कमजोर वन्ने हुदाँ कम्तीमा पनि अत्यावश्यक वस्तुको उत्पादनले मात्र आत्मनिर्भर वन्न सकिने वहाँले वताए । म्याग्दे आफैमा पनि उर्वर भुमि भएको हुदाँ वाझो जमिनको अधिकतम उपयोगका लागी लाग्नुपर्ने समेत वहाँले वताउनुभयो । कार्यक्रममा व्यवसायिक कृषकले किसानले भोग्नुपरेको पीडा, वजारमुल्य नपाउने समस्या, उत्पादनमा समस्याले कृषक झन झन हतोत्साही वन्ने अवस्था सिर्जना भएको हुदाँ उत्पादित वस्तुको वजारीकरणमा पालिकाले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा कार्यपालिाक सदस्यहरु,वडा नं ४ को वडाध्यक्ष दीपक श्रेष्ठ, विभिन्न सहकारीका प्रतिनिधी, कृषक, राजनैतिक दलका प्रतिनिधि, स्थानिय समाजसेवीहरुले धारणा राखेका थिए । कृषि प्रर्दशनीमा व्यवसायिक रुपमा कृषि तथा पशुपंक्षी पालक किसानलाई पुरस्कारको व्यवस्था गरिएको थियो । कार्यक्रममा कृषि उत्पादनको विक्री वितरण, ख्याती प्राप्त कलाकारद्धारा वेजोड प्रस्तुति रहेको थियो । त्यसैगरि प्रर्दशनीमा निशुल्क स्टलको व्यवस्था गरिएको थियो । त्यसैगरि पालिका भित्रका मावि स्तरिय कौरा प्रर्दशनी गरिएको र सहभागीलाई पुरस्कारको समेत व्यवस्थापन गरिएको थियो भने उत्कृष्ठ कृषकलाई सम्मान समेत गरिएको थियो ।