काठमाडौं १२ फागुन 
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको ज्ञान, बोध, सिकाइको प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गर्ने गरी स्तरीकृत परीक्षा लिने भएको छ । यसअघिका परीक्षामा विद्यार्थीको ज्ञान मात्रै मूल्यांकन हुँदै आएकोमा अब भने समग्र क्षमताको मूल्यांकन गरिने बोर्डले जनाएको छ ।
शिक्षा पत्रकार समूहले आयोजना गरेको सिकाइ र मूल्यांकन विषयक शिक्षा बहसमा बोल्दै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले तल्लो तहदेखि नै विद्यार्थीको मूल्यांकनमा सुधार गर्न लागिएको बताए ।
‘अहिलेसम्मका प्रश्नपत्रमा विद्यार्थीको ज्ञान मात्रै नापिरहेका थियौं। अब बोध, प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गछौं ।’  डा. शर्माले भने, ‘त्यसको कामस्तरीकृत परीक्षामार्फत् गर्छौं ।’
डा. शर्माकाअनुसार बोर्डले पहिलो चरणमा ६ देखि ८ कक्षामाअनिवार्य विषयहरु अंग्रेजी, विज्ञान र गणितलाई स्तरीकृत परीक्षामार्फत् मूल्यांकन गर्ने गरी तयारी शुरु गरेको छ । आगामी शैक्षिकसत्र देखि नै केही पालिकाहरुमा यो लागू गर्ने बोर्डको तयारी छ ।
बोर्डले यसको लागिअहिले धमाधम तयारी गरिरहेको छ । सातै प्रदेशमा प्रशिक्षकहरु तयार पार्ने काम सकिएको छ। अहिले जिल्ला र पालिकास्तरमा प्रशिक्षणको काम भइरहेको छ। प्रशिक्षकहरुले पालिकास्तरमा पुगेर विषयगत शिक्षकहरुलाई प्रशिक्षित गरेपछि मात्रै स्तरीकृत परीक्षालागू गरिने अध्यक्ष शर्माले जानकारी दिए । 
शिक्षकहरुलाई प्रश्नपत्र निर्माणको सीप र विकासको प्रशिक्षण दिएपछि विगतका प्रश्नपत्र निर्माणको शैलीमा सुधार आउने अध्यक्ष डा. शर्माले बताए । प्रश्नपत्र निर्माणमा सुधार आउन साथ शिक्षकको शिक्षण सिकाइको विधि र शैलीमा समेत सुधार आइसिकाइ सुधारमा मद्धत पुग्ने बोर्डको अपेक्षा छ । शिक्षकहरुले नयाँ शैलीको प्रश्नपत्र बैंक तयार पार्ने र परीक्षामा त्यही प्रश्नपत्रहरुबाट सोधिने बोर्डले जनाएको छ ।
‘अर्थात् अब विद्यार्थीलाई नसिकेको, नजानेको, कहिल्यै नसुनेको प्रश्नपत्र सोधिने छैन । सजिलाप्रश्नपत्र सोधिने छन् । निश्चित गरिएका प्रश्नपत्रहरुमात्रै सोधिने छन् ।’ अध्यक्ष डा. शर्माले भने ।
स्तरीकृत परीक्षापछि गणित, विज्ञान र अंग्रेजी विषय गाह्रो भन्दै विद्यार्थी डराउने संस्कृतिको अन्त्यहुने र अझ धेरै सिक्न विद्यार्थीलाई उत्प्रेरित गर्ने बोर्डले अपेक्षा लिएको डा. शर्माले बताए । 
‘शिक्षकहरुले विभिन्न आइटमहरु तयार पारी प्रश्नपत्रहरुका बारे पहिल्यै छलफल गर्छन् ।’ अध्यक्ष डा. शर्माले भने, ‘पछि त्यही प्रश्नपत्रका आधारमा कक्षाकोठामा पढाउने काम हुन्छ ।’ विद्यार्थीलाई पहिल्यै पढेका र जानेकाले सबै प्रश्नपत्र सजिला लाग्ने उनको दाबी छ । 
विगतकामूल्यांकन प्रणालीमा केहीकमजोरी देखिएकाले नै बोर्ड अहिले सुधारमा लागिरहेको उनको भनाइ छ । परीक्षामा सुधार गर्दा कक्षाकोठामा पनि सुधार हुन्छ भन्ने मान्यताका साथविद्यार्थीको मूल्यांकन विधिमा समयानुकुल परिवर्तन गर्न बोर्ड जुटिरहेको अध्यक्ष शर्माले स्पष्ट पारे । 
बोर्डका अध्यक्षडा. शर्माले विद्यार्थीको मूल्याङ्कन दुई किसिमले हुने गरेको बताए । एउटा आन्तरिक र अर्को बाह्य । बोर्डले गर्ने मूल्याङ्कन बाह्य भएको र आन्तरिक मूल्याङ्कन सम्बन्धित पालिका, विद्यालय र शिक्षकले गर्ने उनको भनाइछ ।