व्यास नगरपलिका १ स्थित आदिकवि भानुभक्त क्याम्पसका सहायक प्राध्यापको विमल गिरी पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सदस्य चयन भएका छन् । काठमाडौमा भएको चौथो राष्ट्रिय महाधिवेशनमा गिरी चयन भएका हुन् । देशभरका सामुदायिक क्याम्समा अध्यापनरत प्राध्यापकबाट छनोट भएका ५ सय भन्दा बढी प्राध्यापक प्रतिनिधि उपस्थित रहेको थियो । उक्त संघमा ६ हजार भन्दा बढी प्राध्यापक आबद्ध रहेका छन् ।