साना किसान सामुदायिक सिकाई केन्द्र व्यास–१४, केशवटारको आयोजनामा ३ दिने सेनेटरी प्याड वनाउने तालिम शुरु भएको छ । साना किसान सामुदायिक सिकाई केन्दका अध्यक्ष सरास्वतीथापाको अध्यक्षतामा भएको कार्यक्रमको व्यास १४ को वडाध्यक्ष काजीमान श्रेष्ठले एक कार्यक्रमको वीचमा उद्घाटन गर्नुभएको थियो । वातावरणीय अनुकुल सेनेटरी प्याड वनाउन सिकाईने प्रशिक्षक नोमा थापाले वताउनुभयो । महिलाहरुका लागी अत्यावश्यक मानिएको सेनेटरी प्याडमा धेरै रकम खर्च हुने गरेको तर यसको उपयोगमा ध्यान नदिदाँ स्वास्थ्यमा जटिल समस्या भोग्नुपरेको प्रशिक्षक थापाले वताउनुभयो । स्वास्थ्य अनुकुल सेनेटरी प्याड हामी आफैले वनाउन सकिन्छ र त्यो पनि ४ वर्ष सम्म नियमित सफा गरेर प्रयोग गर्न सकिने हुदाँ तालिममा सिकेको कुरा व्यवहारमा पनि कार्यन्वयन गर्न आग्रह गर्नुभयो ।
किफायती समेत हुने सेनेटरी प्याड आर्थिक उपार्जनको वाटो समेत हुने वहाँले वताए । तालिममा प्रमुख अतिथी श्रेष्ठले दैनिक जीवनमा प्रयोग हुने र आय आर्जनको माध्याम वन्ने तालिमको भरपुर उपयोग गर्नुपर्ने वताए । महिलाको संवेदनशील अंग सँग जोडिएको विषयमा सवै गम्भिर वन्नुपर्ने हुदाँ आफनो लागी प्रयोग गरिने सेनेटरी प्याड वनाउने तालिमले केशवटारको महिलालाई सकारात्मक प्रभाव पार्ने वताउनुभयो । सिक्ने र सिकाउने तालिमले हाम्रो स्वास्थ्य सँगै आय आर्जनलाई पनि जोड्ने हुदाँ यसको निरन्तरतामा ध्यान दिनुपर्ने वताउनुभयो । यसैगरि व्यास १४ का वडासदस्य दुर्गा वहादुर आलेले सेनेटरी प्याडका तालिम टोल स्तरसम्म विस्तार गरिने वताए । यो जीवन उपयोगी सिकाई र वुझाई वडा नं १४ को घरघरमा पुरयाउने र स्वास्थ्य सँग सम्वन्धित जनचेतना समेत जगाईने आलेले वताए । ३ दिन सम्म चल्ने सेनेटरी प्याड वनाउने तालिममा १५ जना स्थानिय महिलाहरुको सहभागिता रहेको कार्यक्रम केशवटारको होम स्टेमा संचालन भएको छ ।