तनहुँको बन्दिपुरमा छोराले आमाको बिभत्स तरिकाबाट हत्या गरेका छन् । जिल्लाको बन्दिपुर गाउँपालिका–३ सेराटार निवासी ४७ बर्षीय छोरा राजकुमार सार्की र निजको श्रीमति ३५ बर्षीय सुशिला मजाकोटीले ८४ बर्षीय माया सर्किनीको हत्या गरेका हुन् । बृद्धा महिलाको हत्यासँगै गाई गोठमा आगो लगाई गोठ पूर्ण रुपमा जली नष्ट भई गाई समेत जलेर मृत अवस्थामा रहेको भनि जानकारी प्राप्त भए पश्चात तत्काल यस कार्यलयबाट कार्यलय प्रमुख प्रहरी उपरीक्षक अबदेश बिष्ट क्षेत्री सहितको अनुसन्धान टोली खटिई गएको थियो ।छोरा राज कुमार सार्की र सुशिला मजाकोटीले मारेको खुल्न आएकोले दुबै जनालाई नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।