व्यास नगरपालिका–८ श्याम्घा क्रियापानीस्थित चुडा सन्तु सन्तति दिदीबहिनी समितिलेआश्रममा अक्षयकोष स्थापना गरेको छ । संस्थाले अक्षयकोषदाता ९१ वर्षीया केशुमायान्यौपानेको आतिथ्यतामा समितिलाई अक्षयकोषको रकम हस्तान्तरण गरेको छ । संस्थाले व्यास–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्य समितितनहुँद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी बृद्धाश्रममा एक लाख एक सय ११ रुपैयाँकोअक्षयकोष स्थापना गरेको छ ।
समितिका अध्यक्ष सुनिता वाग्ले (भद्रा)लगायत समितिकासदस्यहरुले आइतबार अक्षयकोषको चेक आश्रमका अध्यक्ष ताराप्रसाद घिमिरेलाईहस्तान्तरण गरेका छन् । आश्रममा आश्रित ज्येष्ठ नागरिकको बसोबास तथा खानपानको व्यवस्थापनमासहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको अध्यक्ष सुनिता वाग्लेले बताइन् ।यस संस्थाले विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको उनले बताइन् । आश्रमका अध्यक्षघिमिरेले विभिन्न संघसंस्था, आमा समूह, व्यक्तिगत तवरबाट गरिएको सहयोगलेआश्रम सञ्चालन भइरहेको बताए ।