तनहुँमा सरुवा भई आएका एसपी अवदेश विष्टले अपराध नियन्त्रणमा आफ्नो पहिलो प्रथामिता रहने बताउनु भएको छ । शुक्रबार पत्रकारसँगको परिचयत्मक कार्यक्रममा विष्टले सो कुरा बताउनुभएको हो । ट्राफिक प्रहरीलाई सचेतना कार्यक्रम दिने ,लागुऔषध दुरव्यवसनी नियन्त्रण , फरार प्रतिबादी पक्राउ, घरेलु हिसां जस्ता समस्यलाई न्यूनिकरण गर्न आफु सकृया भएर लाग्ने बताउनुभयो ।
उहाँले तनहुँका जनताको गुनासो सुनेर आम नागरिक देखि पत्रकार सम्मको साथ सहयोगमा जिल्लालाई शान्त र सुरक्षित राख्ने बताउनुभयो । प्रहरीलाई भन्दा बढि सुचना आम नागरीकलाई थाहा हुने भएकाले प्रहरीलाई सुचना सम्प्रेषण गर्न सहयोगको अपेक्षा रहेको विष्टले बताउनुभयो ।
उहाँले तनहुँ जिल्ला शन्तिपूर्ण भएता पनि समाजिक अपराधका घटना बढि हुने गरेकोले यसलाई न्युनिकरण गर्न तनहुँ प्रहरी जोड दिएर लाग्ने बताउनुभयो । उक्त कार्यक्रमा जिल्ला प्रहरी कार्यलय तनहुँका अपराध शाखाका प्रमुख नरहरि अधिकारी, प्रहरी निरिक्षक भानु शर्मा , जिल्लाका पत्रकार लगाएतको उपस्थित रहेको थियो ।