तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा कुमालटारीस्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ ।बिहीबार दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले सञ्चालन गरेको थिए । विद्युत सटका कारण आगलागीमा परेर २० वटा कुखुरा भने जलेर मरेका छन् भने मानवीय तथा पशुको क्षति नभएको प्रहरी चौकी डुम्रेका प्रहरी नायब निरीक्षक विजयनाथ यादवले जनाकारी दिएका छन् । सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिनेको छ भने फर्ममा रहेका गाई तथा बाख्रालाई सुरक्षित स्थानमा सारिएको यादवले जनाकारी दिए।