न्दीपुर गाउँपालिका वडा नं १ का विपन्न र बेरोजगार महिलाहरुलाई सिलाई कटाई तालिम सुरु गरीएको छ। गण्डकी प्रदेश सरकारको व्यवसायिक तथा सीप विकास तालिम केन्द्रकाे सहयोगमा ३ महिने (३९० घण्टा) सिलाई तथा कटाई तालिम सुरु गरिएको हो।

कम शिक्षित, दलित विपन्न तथा बेरोजगार महिलाहरुलाई लक्षित गरी सीप सिकाउने र महिला उद्यमी बनाएर बेरोजगारी हटाउने कार्यक्रम अन्तर्गत यो तालिम सञ्चालन गरिएको वडा नं १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले बताए । तालिममा सहभागीहरू घरमै बसेर सीप सिक्ने अवसर पाएकोमा निकै खुशी लागेको बताउँछन्। हाल २० जना महिला दिदी बहिनीहरू उक्त तालिममा सहभागी रहेका छन्। वडामा निकट भविष्यमा नै मेडपा कार्यक्रम अन्तर्गत अन्य २० जनालाई सिलाई कटाई तालिम, २० जनालाई प्याकेजिङ्ग र फाईबरकाे झोला बनाउने तालिम सञ्चालन गर्ने प्रक्रिया अन्तर्गत प्रशिक्षार्थीहरू छनौट समेत गरिसकेकाे वडाध्यक्ष श्रेष्ठले बताए ।