यातायात व्यवस्था कार्यालय बिमलनगरले असार पहिलो साताबाटै लाइसेन्स वितरण गरेको छ । लाइसेन्सका लागि परीक्षा , ट्रायल लिने र पास गरेकालाई लाइसेन्स वितरण गरिने यातायात व्यवस्था कार्यालय विमलनगरका शाखा अधिकृत रामप्रसाद शर्माले जनाकारी दिनुभएको छ । कम जनशक्तिका कारण ट्रायलको दिनमा कार्यलयको सबै कामहरु बन्द गनुपर्ने ट्रायल निरिक्षण गर्नेपर्ने बाध्य रहेको शर्माले बताउनुभयो । रकम दिएर र लिएर फर्म भर्न नपर्ने , सेवाग्राहीले अनलाईनबाट आफैले पनि फर्म भर्न सकिने बिहान सात बजेबाट शनिबार, आइताबार , सोमबार र मंगलबार अनलाइनमा फर्म खुल्ला रहने शर्माले बताउनु भयो । हप्ताको चार दिन आइताबार , सोमबार , मंगलबार र बुधबार बायोमेटिक हुने गरेको छ । विहिबार लिखित परिक्षा हने र शुक्रबार ट्रायल परिक्षा हुने गरेको शर्माले बताउनु भयो ।कार्यालयले दुई पाङ्ग्रेमा पन्ध्र वटा स्कुटर , तिस वटा मोटरसाइकल र चार पाङ्ग्रे साना सवारी पचिस वटा दिनमा ट्रायल लिने गरेको छ ।

https://www.youtube.com/watch?v=TQ9-NxBzB0c&t=728s