हेफर इन्टरनेशनल नेपालले घिरिङ गाउँपालिका लाई कृषि र पशु सम्बन्धी डिजिटल प्रबिधि हस्तान्तरण गरेको छ। घिरिङ गाउँपालिका र उक्त संस्थाको समन्वयमा डिजिटल सामाग्री हस्तान्तरण तथा कृषि प्रबिधिमा किसानको पहुँच र उपयोगको अबस्था तथा योजना तर्जुमा कार्यक्रम शुक्रवार गाउँपालिका सभाहलमा रहेको थियो। कार्यक्रममा सो संस्थाका कार्यक्रम अधिकृत सन्त भट्टराईले गाउँपालिका अध्यक्ष होम बहादुर थापा लाई डिजिटल प्रबिधी प्क्ष्इक्प् डिजिटल मेसिन र मोनिटर स्कृन हस्तान्तरण गरेको हो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष होम बहादुर थापाले उक्त मेसिन लाई इलेक्ट्रोनिक चौतारिको रुपमा गाउँपालिकाको कृषि तथा पशु शाखामा राखेर त्यसको प्रभाबकारी ढंग बाट प्रयोजन गर्ने जनाएका छन। साथै कृषक लाई प्रोत्साहित गर्ने उदेश्यले गाउँपालिकाले बिउ बिजन तथा बिरुवा छिट्टै बितरण गर्ने उनले बताए। यसै गरि घिरिङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेलले कृषी र पशु सम्बन्धि कृषकको हितमा गाउँपालिकाले कार्यक्रम बनाउने बताएका छन। हेफर बाट प्राप्त भएको मेसिन बाट कृषकको खेतिको अबस्था,पशुपालनको संख्या,मौसम सम्बन्धि जानकारी , बजार ब्यवस्थापन , भौगोलिक बस्तुस्थिती समेत बुझ्न सकिने भएकोले कृषकलाई प्रभावकारी बनाउने गरि हेफर इन्टरनेशनल संग समन्वय गरि आगामि कार्यक्रम गर्ने बताएका थिए।

कृषकले मोबाइल एप्लिकेसन जियो कृषि फार्म मोबाइलमा डाउनलोड गरि कृषि र पशुपालन सम्बन्धी सबै जानकारी लिन सकिने छ। सो एप डाउनलोड गरेका कृषले उक्त प्रबिधी बाट एपको प्रयोग गर्ने तरिका सिक्न सक्ने र गाउँपालिकाले पनि आफ्नो कार्यालयमा बसेर आफ्ना कृषकको अबस्था बुझ्न पाउने हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले जानकारी गराएका थिए। हेफर इन्टरनेसनल नेपालले ४० भन्दा बढी जिल्लामा कार्यक्रम गर्दै आइरहेको छ। विभिन्न संघ संस्था संग समन्वय गरि विभिन्न पालिकामा डिजिटल प्रबिधी बितरण गर्दै आइरहेको उनले बताएका थिए। साथै आगामी कार्यक्रममा यो प्रबिधी लाई ससक्त ढंगले अगाडि बढाएर जियो कृषि पुर्ण डिजिटल प्रबिधियुक्त गाउँपालिका बनाउन हेफरको सहयोग रहने प्रतीबद्दता जनाएका छन।

कार्यक्रमामा गाउँपालिका उपाध्यक्ष राधा देबि अधिकारी कृषि शाखा कर्मचारी र गाउँसभा सदस्यहरुको पनि उपस्थित रहेको थियो भने हेफर संस्था तर्फका भगवतिपुर सामाजिक उद्दमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष नानू मायाँ गैह्रे, ब्यवस्थापक कमला आले र सदस्यहरुको उपस्थिति रहेको थियो।