महिला उद्ममी विकाश समिति द्धारा आयोजित पाँच दिने प्रभावकारी तालिम आइताबार सकुन्तला आलेको सभापतित्वमा सम्पन भएको छ । कार्यक्रमको प्रमुख अतिथि व्यास न पा वडा नं २ का वडा अध्यक्ष काशीराम श्रेष्ठले ज्ञान र सम्पत्तिले मानिसलाई कहिले अनत्य हुन नसक्ने बताउनुभयो । यस्ता प्रभावकारी तलिम लिएर महिलाहरुले ज्ञान र सिपहरु देखाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै व्यास न पा वडा नं ३ का वडा अध्यक्ष अनुप रानाले यस्ता नेतृत्व तालिमले महिलाहरुको क्षमता विकाश गर्ने र आफ्नो वडाबाट यस्ता तालिमका लागि सधै सहयोग गर्ने बताउनुभयो ।
महिला उद्ममी संघ तनहुँकी अध्यक्ष निर्मला मल्लले यस्ता तालिमले घर समाज र टोललाई परिर्वतन गनुपर्नेमा जोड दिनुभएको छ । अबका दिनहरुमा वडा अध्यक्ष देखि पलिकाको प्रमुख समेत महिला हुनुपर्ने यसको लागि महिलाहरु चुलोचकौमा मात्र सिमित नरहन अग्रह समेत गनुभएको छ ।
त्यस्तै तनहुँ उद्मोग वाणिज्य संघ दमौली बजार ईकाइका सचिव मादव न्याैपाने लिम लसिकेपछि कार्यन्य गर्ने नसकेको अवस्था रहेको र यस तलिमले अवश्य पनि कार्यन्यन गरेको देख्न पाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रशिक्षर्थी मुन्न्री खातुन भन्नुहन्छ “ आफु धेरै संघसस्थामा रहेता पनि बोल्न नसकेको तर यो तालिमले निधक्क बोल्न सक्ने भएको महसुस गरेको छु” । त्यस्तै अर्का प्रशिक्षर्थी व्यास न पा वडा नं ३ देउरली नगरकी ५८ वर्षय शिवकुमारी गिरीले “ आफुलाई यो तालिमले कुसल वक्ता हुन सफल भएको बताउनुभयो ु” । ज्ञान सिक्न आफ्नो उमेरले केही फरक नपर्ने र समाजमा महिलाले पनि गर्ने सक्छन् भन्ने उदारयण काम गर्ने चाहेको बताउनु भयो । कार्यक्रमको प्रशिक्षण अन्जना तिमिल्सिनाले गर्नु भएको थियो ।
उक्त तालिममा एकतिस जना प्रशिक्षर्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै उक्त कार्यक्रममा रोसनी पियाले स्वगात मन्तव्य राखनुभएको थियो भने कार्यक्रम संचालन संगिता प्रधानले गर्नुभएको थियो । कार्यक्रमा तनहुँ उद्मोग वाणिज्य संघ निवर्तमान सभापति राधिका परियार , तनहुँ उद्मोग वाणिज्य संघ द्वितयि उपाध्क्ष कुमार मल्ल , तनहुँ उद्मोग वाणिज्यका कोषध्यक्ष दिनेशकुमार श्रेष्ठ लगाए व्यक्तिहरुको उपस्थित रहेको थियो ।