सवारी ज्यान मुद्वामा फरार रहेका तनहुँका दुई चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने २३बर्षय हर्क बहादुर भुजेल र शुक्लागण्डकी नगरपालिका–१२ बस्ने ५१ बर्षय नुम बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । दुई बालक सहित तीन जनाको छुट्टा–छुट्टै सवारी दुर्घटनामा परी मृत्यु भएपछि फरार हुदै आएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । विसं २०६० साल चैत्र २१ गते शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी स्थित पृथ्वीराजमार्ग सडक खण्डमा चालक नुम बहादुर गुरुङले चलाएको ग १ प ४७२३ नं। को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार शुक्लागण्डकी–१२ निवासी १६ बर्षीय रेशम बहादुर गुरुङको मृत्यु भएको थियो । विसं ०७४ साल साउन १३ जिल्लाको शुक्लागण्डकी नगरपालिका–१० लालिम स्थित ओजा जाने मोटर मार्गमा हर्क बहादुर भुजेलले चलाएको ग १ त ३३२४ नम्बरको टयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई बालकको मृत्यु भएको थियो । अदालतबाट चालक गुरुङ्गको पाँच र भुजेलको छ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जनाकारी दिएका छन् ।