तनहुँ उद्मोग वाणिज्य संघ महिला उद्ममी विकास समिति द्वारा आयोजित पाँच दिने प्रभावकारी भाषण कला तालिम सुरु भएको छ । मंलबारबाट सुरु भएको कार्यक्रमको व्यास नगरपलिकाको उपप्रमुख इन्दिरा दरैले उद्वगाटन गरेकी छन् । दरैले महिला उद्ममी तनहुँले महिलाहरु काममा थप हौसला र प्ररेणा दिने काम गरेको र नगरपालिकाबाट यस्ता तालिमका लागि आफुले साथ दिने बताएकी थिईन् । नगरपलिकाले बाह्र पास गरेका वेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउनको लागि रकम उपलष्ध गराउने कुरा समेत बताइन् । कार्यक्रममा बोल्दै तनहुँ उधोग वाणिज्य संघका अध्यक्ष प्रविन्द कुमार श्रेष्ठले यस्ता तालिमले महिलाहरूको बृद्वि विकाशमा सहयोग गर्ने बताएका थिए । महिला उद्ममी संघ तनहुँ अध्यक्ष निर्मला मल्लले यस्ता तलिमले नेतृत्व क्षमता अभिबृद्वि, उद्ममशिलता सिपमुलक तालिम प्रदान गरी महिलाहरको सामाजिक, अर्थिक शसक्तिकरणबाट अभिप्रेरित गर्ने उद्देश्यले तालिम गरेको बताईन् । म होइन हामी भन्न सक्ने हुनुपर्दछ र त्यसको लागि आफुबाट सुरू गनुपर्ने बताइन् । पाँच दिन सम्म हुने उक्त कार्यक्रमको प्रशिक्षक नेपाल प्रेस युनियन गण्डकी प्रदेशकी सचिव अन्जना तिमिल्सिनाले गर्ने छिन् । कार्यक्रममा ५० जना भन्दा बढीको उपस्थित रहेको थियो ।