तनहुँका दुई चेपाङ बालबालिकालाई रोटरीद्धारा विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोगवस्तीका बालबालिकालाई रोटरी क्लब अफ दमौलीले सोमबार सहयोग गरेको छ । चरम आर्थिक अभावबाट गुज्रिएका व्यास नगरपालिका वडा नं ११ स्थित राम्चे र भानु नगरपालिका वडा नं ६ मान्द्रेका सिमान्तकृत चेपाङ बालबालिकालाई रोटरीद्धारा विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोग , दलित र आर्थिक विपन्नता भएका बालबालिकालाई क्लबले सहयोग गरेको हो । तनहुँबाट प्रकाशित हुने भञ्याब राष्ट्रिय दैनिकमा चेपाङ बालबालिकालाई रोटरीद्धारा विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोग बालबालिका र समग्र चेपाङ बालबालिकालाई रोटरीद्धारा विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोगबस्तीको अवस्था बारे लेखिएको समाचारको प्रभावले दुईवटा विद्यालयमा अध्ययनरत बालबालिकाले सहयोग प्राप्त गरेका हुन् । राम्चे स्थित सुर्योदय प्रावि र मान्द्रे स्थित कालिका प्राविमा पढने आर्थिक विपन्नता भएका बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामग्री र व्यक्तिगत सरसफाइ सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए । बालबालिकाहरु आधारभूत आवश्यकताबाटै बञ्चित भएको खबर पत्रिकामा पढेपछी त्यस बारे क्लबमा छलफल भएको र सबै सदस्यहरुबाट सहयोग जुटाएर ६९ जना बालबालिकालाई सहयोग गरिएको कार्यक्रमका संयोजक क्लबका पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठले जानकारी दिए । सुर्दोदयका ३२ जना बालबालिका सबैलाई र कालिकाका ६१ जना मध्ये आर्थिक अवस्था कमजोर भएका ३९ जना बालबालिकालाई ट्रयाक सुट,कापी, कलम, ब्रश, मन्जन, साबुन लगायतका सामग्री सहयोग गरिएको उनले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएर बालबालिकाहरु शिक्षाको अवसरबाट बञ्चित हुने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले विशेष गरी चेपाङ बालबालिकालाई रोटरीद्धारा विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोगवस्तीका बालबालिकालाई लक्षित गरी सहयोग गरिएको रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले जानकारी दिए । रोटरी क्लबमा आवद्ध सदस्यहरुले आफ्नो केही खर्च कटाएर बालबालिकाको पठनपाठनमा योगदान गरेको उनले बताए । विश्वमा पोलियो उन्मुलन, सारक्षरता दर वृद्धि, आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँचलाई केन्द्रमा राखेर रोटरीले कार्यक्रम गर्दै आएको उनले बताए । उनले भने ।।।यो धन भन्दा पनि मन ठुलो भएकाहरुको समाजिक संस्था हो, हामी त्यस्तै दुख, अभाव र पीडामा मलम लगाउन एकीकृत भएका हौं’ । गास, बास र आवासकै लागि सर्घष गरी रहेका चेपाबबासीहरुको अवस्था सुधारका लागि रोटरीले स्थानीय सरकारसँग समन्वय गरी निरन्तर पहल गर्ने योजना समेत बनाएको छ । आम्दानीको कुनै भरपर्दो स्रोत नहुदाँ ज्याला मजदुरीकै भरमा बिहान–बेलुकीको छाक टार्दै आएका चेपाबहरुको अवस्था सुधारका लागि कुनै ठोस योजनाका साथ अघि बढ्ने क्लबका निवर्तमान अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । स्थानीय सरकारसँग समन्वय गरी त्यस ठाउँका बासिन्दामा चेतनाको स्तर वृद्धि, आर्थिकस्तर उकास्न सीपमुलक तालिम, सरसफाइ लगायतका पक्ष सुधारका लागि रोटरीले क्लबमा छलफल गरी आगामी कार्यक्रम अगाडी बढाउने उनले बताए । न्यानो कपडा अभावमा बालबालिकाहरु कठांग्रिदै विद्यालय आउने गरेको कालिका प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए ।
कतिपय बालिकाहरुलाई नियमित बिद्यालय आउन समेत समस्या परीरहेको अवस्थामा क्लबले गरेको सहयोग अति उपयोगी सिद्ध भएको श्रेष्ठको भनाइ छ । यसले बालबालिकालाई नियमित विद्यालय आउन प्रेरित गर्नुका साथै पठनपाठनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । ज्याला मजदुरीकै भरमा दैनिक गुजारासँगै आफ्ना बालबालिकालाई विद्यालय पठाउनु पर्ने बाध्यता रही आएकाले अभिभावकले बालबालिकालाई अति सामान्य सुविधा पनि दिन नसकेको स्थानीय गोकुल दुराले बताए । शरिरमा एक सरो कपडाको भरमा खाली खुट्टा विद्यालय आउनुपर्ने सो ठाउँका बालबालिकाहरुको बाध्यता रहेको छ । गाउँमा सरसफाइको अवस्था ज्यादै नाजुक छ । सोही अवस्थालाई मध्येनजर गरी क्लबले आजै व्यक्तिगत सरसफाइको आधारभूत ज्ञान पनि बालबालिकालाई प्रदान गरेको थियो । साबुन पानीले हात धुने तरिका, मुख, दाँत कपाल, नब लगायत शरिरका अंगहरुको सरसफाइ गने तरिका बारे बालबालिकालाई प्रशिक्षण पनि दिइएको क्लबका पूर्व अध्यक्ष हरिसिं गुरुबले जानकारी दिए । साथै बालबालिकालाई व्यक्तिगत सरफाइका लागि आवश्यक पर्ने सामग्री पनि प्रदान गरिएको थियो । चेपाब गाउँका अधिंकाश बालबालिकाले मंजन र ब्रश आफुहरु लाई नयाँ भएको समेत अभिव्यक्ती दिए । कालिका प्राविमा कक्षा ५मा अध्ययनरत चन्द्र कुमारीले भनिन् त्यसको प्रयोग मैले आजसम्म गरेको छैन । उनले सिकेको कुरा आजैबाट लागु गर्ने भन्दै खुशी व्यक्त गरिन् । सुर्योदयका ३२ जना विद्यार्थीमा चेपाब समुदायका मात्र २६ जना छन् भने कालिकाका ६१ जनामा १६ जना जना चेपाब बालबालिका छन् । कार्यक्रममा रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष रामनाथ भट्टराई , महेन्द्रकुमार श्रेष्ठ, इमकुमार मल्ल, सुर्जाकुमार मल्ल, दामोदर भण्डारी, प्रेसिडेन्ट इलेक्ट रमेश श्रेष्ठ, कोषाध्यक्ष किनकुमार मल्ल, सदस्य नारायण मल्ल लगायतको उपस्थिती रहेको थियो ।