म्याग्दे गाँउपालिकाले प्रिं–डिप्लोमा भेटरीनरी (१८ महिने) अध्ययन गर्ने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिएको छ । पालिका भित्रका गरिव तथा विपन्न वर्गको छात्र छात्रालाई शिक्षामा सहज पहुँच र भेटरीनरी शिक्षामा आर्कषण गर्ने हेतुले पालिकाको स्वीकृत वजेटवाट कुल रकममा ५० प्रतिशत छात्रवृत्ति दिएको हो । म्याग्दे गाँउपालिकाको १२ औ गाँउसभावाट स्वीकृत वजेट तथा मिती २०७९।४।१९ को कार्यपालिका वैठकको निर्णयअनुसार पालिकाको पशु शाखामा जनगणपति माध्यामिक विद्यालय म्याग्दे ३ वाट आर्थिक वर्ष ०७८।०७९ मा भर्ना भएको ११ जना विद्यार्थीलाई छनौट गरि लाग्ने शुल्कमा ५० प्रतिशत छात्रवृत्ति दिएको लेखा अधिकृत नवराज प्रोख्रेलले जानकारी दिनुभयो । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानिय व्यक्तिले भेटरीनरी पढ्नका लागी छात्रवृत्ति अनुदान कार्यक्रम अन्र्तगत छात्रवृत्ति दिएका वताए । पालिकामा आवश्यक जनशक्ति वाहिरवाट ल्याउनुपर्ने तर स्थानिय स्तरमा जनशक्ति अभाव हुदाँ पालिकामा समस्या रहने भयो । प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण ल्याउन र यसको महत्व वुझाई स्वनिर्भर तथा आत्मनिर्भर वनाउने उद्येश्य अनुरुप हामीले छात्रवृत्ति दिएका हौ, अध्यक्ष श्रेष्ठले वताए । प्राविधिक शिक्षा हासिल गरिसकेपछि कोही पनि वेरोजगार वस्नुपर्ने अवश्था हुदैन । यसका लागी पालिकाले स्थानिय विद्यार्थीलाई यो शिक्षाको महत्व दर्शाउन यो आर्थिक वर्षमा ११ जना विद्यार्थीलाई अनुदानको व्यवस्था गरेका छौ र यो कार्यक्रम निरन्तर रहनेछ, श्रेष्ठले भने । यो सँगै विद्यार्थीको प्राविधिक विषयको अध्ययनमा आर्कषण वढ्ने पालिकाले विश्वास लिएको छ । जनगणपति माध्यामिक विद्यालयमा प्रिं डिप्लोमा भेटरीनरी (१८ महिने) कक्षा संचालन भएसँगै यहाँ उक्त विषय पढ्ने विद्यार्थीको आर्कषण वढेको छ । पालिकाले भेटरीनरी पढ्न लाग्ने कुल खर्च ५० हजार मध्येको ५० प्रतिशतले हुन आउने रकम २५ हजारको दरले ११ जना विद्यार्थीको रु २ लाख पचहत्तर हजार पालिकावाट दिने निर्णय गरेको हो ।