अब सस्तोमा इन्टरनेट सेवा पोखरा, लेखनाथ र दमौलीबाट पनि प्राप्त गर्ने सकिने भएको छ । पोखरामा मंगलबार भएको कार्यक्रम बीच वाईफाई नेपालले उक्त सेवा विस्तार गर्ने घोषणा गरेको हो । सेवामा ५० एमबिपिएस स्पीडको इन्टरनेटको सेवा महिनाको मात्र ३ सय ३३ रुपैयाँमा सेवाग्राहीले प्रयोग गर्न पाउनेछन् । वाईफाई नेपालका सिइओ शत्रुधन पञ्जियारले काठमाडौंमा सफलता पूर्वक सुरुवात भई संचालनमा रहेको यस इन्टरनेट सेवा प्रदायक संस्थाले महिनाको ५ सय रुपैयाँमा नै ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने बताउदैं वाईफाई नेपालबाट अहिले ५० एमबिपिएस र ८० एमबिपिएसको इन्टरनेटको सुविधा दिइएको जानकारी दिए । पञ्जियारले आफुहरुले निम्न र मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै उक्त सेवा प्रदान गर्न लागेको जानकारी गराउदैं हाललाई नेपालका प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने लक्ष्य आफुहरुको रहेता पनि आगामी समयमा गाउँगाउँमा वाईफाई नेपालको इन्टरनेट सेवालाई विस्तार गर्ने योजना रहेको उनले बताए । निम्न र मध्यम वर्गीय परिवारको इन्टरनेट चलाउने आवश्यकतालाई परिपूर्ति गर्ने तवरले वाईफाई नेपाल लञ्च गरेको बताए। हाललाई शहर केन्द्रित भएता पनि भोलीका दिनमा ग्रामीण भेगमा समेत सेवा विस्तार गर्ने योजना रहेको उनले बताए । पोखरा, दमौली र लेखनाथमा एकैसाथ सेवा विस्तार गर्न लागेको खबर सुनाउँदा खुशी लागेको र आशा छ काठमाडौंमा जस्तै सेवाग्राहीहरुलाई यहाँ पनि लाभ मिल्नेछ ।’, उनले बताए ।