यही माघ ३ गते व्यास नगरपलिका दमौली स्थित महोत्वमा स्थानमा महिला सशक्तिकरण सम्बन्धि इभेन्ट हुने भएको छ । व्यास नगरपालिका–४ स्थित दमौलीयन्स युथ क्लवले बिहिवार पत्रकार सम्मेलनमा कार्यक्रम बारे जनाकारी दिएको हो । उक्त इभेन्टमा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको प्रेरणादायी भनाइ ,गायिका आस्था राउत, गायिका तृष्णा गुरुङको लाइभ कन्सर्ट, लाइभ डीजे र स्थानीय व्याण्डको प्रस्तुति हुने क्लवका अध्यक्ष सुदीप कार्कीले जानकारी दिएका छन् । दमौलीबाट सुरु हुने महिला सशक्तिकरण सम्बन्धि इभेन्ट “व्यास इभेन्ट”का नामले आगामी दिनमा झापा, बुटवल र काठमाडौं लगायत शहरमा योजनामा गर्ने आयोजकले बताएको छ। इभेन्टमा सात लाख असी हजारको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । समाजमा महिला र पुरुष बिच फरक रहेको एकै हो भन्ने उद्देश्यले यो इभेन्ट गरेको क्लवका सदस्य सलिना कुमालले बताइन् । क्लवले अहिले सम्म दूई वटा इभेन्ट गरिसकेको छ ।