म्याग्दे गाँउपालिकालाई पुर्ण वालश्रममुक्त पालिका घोषणा गरिएको छ । म्याग्दे अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पालिकालाई वालश्रममुक्त पालिका घोषणा गरिएको हो । एकीकृत हरित विकास नेपाल सँग सहकार्य गरेर हरेक वडामा कार्यतालिका वनाएर नै सम्पुर्ण वडालाई वालश्रम मुक्त वडा घोषणा गरेर पालिकालाई पुर्ण वालश्रम मुक्त पालिका घोषणा गरिएको हो । एकीकृत हरित विकास नेपालका कार्यक्रम अधिकृत सुदिप सेडाईले एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरिक्षणवाट पालिकालाई वालश्रम मुक्त अभियान घोषणा गरिएको वताए । घोषणाको ७ सुचक पालिका भरका ५३२९ घरधुरीमा संस्थाले वडाभरको टोल तथा क्षेत्रमा गएर वालवालिकाको अवस्थाको वारेमा अध्यनन तथा अनुसन्धान गरेर पालिकालाई पुर्ण वालश्रममृक्त अभियान घोषणा गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले नेपालको सन्र्दभमा वालश्रम एउटा ठुलो चुनौती भएको वताउनुभयो । सरकारले नै वालश्रम मुक्त घोषणा संवैधानिक व्यवस्थामा नै गरेता पनि यसको व्यवहारिक कार्यन्वयन नहुँदा अझै पनि देशमा अनाथ, असहाय, गरिवले पिल्सिएका वालवालिका अझै पनि वाँच्नका लागी पुर्ण रुपमा श्रममा निर्भर हुनु अत्यन्त दुखको विषय वताउनुभयो । यो वा त्यो वाध्यतामा वालवालिकाले श्रममा आश्रित हुनु भनेको संवैधानिक हक विपरित भएको हुदाँ वालवालिकाको अधिकारमा राज्य र सम्वन्धित निकाय चनाखो हुनुपर्ने वताउनुभयो । कलिलै उमेरमा हातमुख जोर्नका लागी विभिन्न श्रममा जोडिनु वाध्यता भएता पनि वालवालिकाको पढ्न, लेख्न, खेल्न पाउने नैसर्गिक अधिकारमा स्थानिय सरकार साधक वन्नुपर्ने समेत वहाँले वताउनुभयो । एकीकृत हरित विकास संस्थाले गरेको काम अति नै सहनिय भएको हुदाँ पालिका नै पुर्ण वालश्रममुक्त हुनु सवैको गौरवको विषय भएको वताए । यसैगरि कार्यक्रमका विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले अनाथ, असहाय र गरिवीको रेखामा रहेको वालवालिकाको अभिभावकत्व प्रदान गर्नु आम म्याग्देवासीको जिम्मेवारी भएको वताउनुभयो । पालिका वालवालिकाको वृद्धि विकास, चेतनाको विकास, शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा प्रष्ट रहेको र अगामी दिनमा वालश्रममुक्त वालवालिकाको अवस्थामा ध्यान दिनुपर्ने वताए । अझै पनि हाम्रो समाजको सोच पुरातनवादी भएको हुदाँ यसको व्यवहारिक कार्यन्वयनका लागी कठिन भएको समेत वताउनुभयो ।
यसैगरि कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले सवैको साथ र सहयोगले पालिकालाई वालश्रम मुक्त घोषणा गर्न सकिएको हुदाँ अगामी दिनमा पनि यसको कार्यन्वयनका लागी लाग्नुपर्ने वताए । भोलिको सभ्य र सुन्दर समाज निर्माणमा आजको वालवालिकाको काँधमा ठुलो जिम्मेवारी रहेको हुन्छ हुँदा वालवालिकाको संरक्षण, हित र उत्थानका लागी पालिकाले अभिभावकिय भुमिका वहन गर्ने वताए । १८ वर्ष भन्दा मुनिका वालवालिकालाई ज्यालादारीमा लगाउन नपाउने, वालवालिकाले पढ्न पाउने हक अधिकार कुष्ठित गर्न नपाउने, वालवालिका भोलि देशको कर्णधार भएको हुदाँ वालवालिकाको वृद्धि विकासमा सवैले ध्यान दिनुपर्ने प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले वताउनुभयो । कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, एकीकृत हरित विकास नेपालका अध्यक्ष कमलहरि जिसी, कार्यक्रम अधिकृत सुदिप सेडाई, संस्थागत विद्यालयका प्रअ, सामुदायिक विद्यालयका प्रधानाध्यापक, वाल समुहका अध्यक्ष लगायत, नागरिक समाज,
वुद्धिजीवि हरुले धारणा राखेका थिए ।